सामाजिक रूपमा सक्रिय युवा थापा किन स्ववियुमा लड्न चाहन्छन् !

दिप खबर
फाल्गुन २९, २०७९

इटहरी: सुनसरीको तरहराका लाल बहादुर विश्वकर्मालाई जिल्ला अदालत सुनसरीले गरेको फैसला विरुद्ध केही समय अघि इटहरी चौकमा सडक आन्दोलन भयो । विश्वकर्मालाई अदालतले फसाएको भन्ने आवाज सामाजिक सञ्जालमा छरपष्ट भएको थियो । तर सडक प्रदर्शनमा उत्रिने सङ्ख्या अत्यन्त थोरै थियो । दिउँसो १२ बजे इटहरी चौकमा आन्दोलनबारे थाहा पाएका इटहरीका युवा सम्राट थापा ९दानवीर० ले केही व्यक्ति भेला पारेर आन्दोलनलाई अगाडी बढाउने ऊर्जा थपे । थापा आफैँ केही नजिकका साथीहरूलाई खबर गरेर त्यहाँ पुगेका थिए ।
त्यसको केही समय अघि विभिन्न विद्यार्थी सङ्गठन तथा इटहरी नागरिक समाज सहितको एक समूहले इटहरीका सरकारी विद्यालयका भएको समस्याबारे चर्को आवाज उठाउन थाल्यो । त्यही मध्ये एक थिए, थापा । उनीहरूले इटहरीका सबै विद्यालयमा पुगेर ज्ञापन पत्र बुझाए ।
तर आन्दोलनमा सहभागी रहेका विद्यार्थी सङ्गठन र राजु केसी अध्यक्ष रहेको इटहरी नागरिक समाज ब्याक सरे । तर थापा नेतृत्वको समूह अघि बढीरह्रयो । थापाको सक्रियता बढ्दै गएपछि सरकारी विद्यार्थीका प्रधानाध्यापक नै एक भएर उक्त आन्दोलनको प्रतिकार गर्न सम्म उत्रिए ।
यसरी इटहरीमा भएका समस्या र बेतिथिलाई नजिकबाट नियालेका थापा अहिले विद्यार्थीको आन्दोलनमा होमिएका छन् ।
इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र समूह बनाएर स्ववियुको निर्वाचनमा उनले सभापतिमा उम्मेदवार दिएका छन् । सामाजिक रूपमा अब्बल चिनिएका थापा किन एउटा क्याम्पसको सभापतिमा उम्मेदवार दिए भन्ने धेरैलाई चासो बढेको छ । चासो मात्रै भएको छैन ठुला राजनीतिक दलका विद्यार्थी सङ्गठन समेत थापाको सक्रियता र उम्मेदवारले ससंङ्कित भएका छन् । कक्षा १२ सम्म अध्ययन गरे इटहरीको निजी नमुना कलेजमा स्नातक तह भर्ना भए । आर्थिक स्तर कमजोर भएका थापा ३५ हजार समयमा तिर्न नसक्दा उनले बिचमा पढाई छोड्न बाध्य भए । चार वर्ष पढाई छाडेका उनी इटहरीका रहेको जनता क्याम्पसका पहिलो वर्षमा भर्ना भएका छन् । इटहरीमा सबै जसो राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका उनी यस अघिका स्थानीय तहको निर्वाचन, सङ्घ तथा प्रदेश सभाको निर्वाचनमा उच्च तहका नेताको चुनावी क्याम्पेनिङ गरेर धेरै नेताहरूले विजयी समेत भएका छन् ।
उनी आसन्न चैत पाँच गते हुने स्ववियु निर्वाचनमा आफुँ सभापति पदका लागि सक्षम रहेको साबित गर्न लागि परेका छन् । अन्याय र विकृति विसङ्गति विरुद्ध खरो रूपमा उत्रिने स्वभावका थापा क्याम्पस प्रवेश गरेको केही महिनामै ठुला विद्यार्थी संगठनसगँ प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।
एक पटक भेटेको व्यक्तिलाई बोलेर प्रभाव पार्न सक्ने थापा आफुँ प्रथम वर्षका अध्ययनरत भए पनि आफुँ भन्दा माथिल्लो वर्षमा अध्ययन गर्ने धेरै विद्यार्थीसँग नजिक छन् ।
हिजो सम्म सामाजिक रूपमा देखिएका समस्यालाई हल गर्न लागि परेको स्मरण गराउँदै अब क्याम्पस प्रवेश गरेर विद्यार्थीलाई क्याम्पस र सामाजिक समस्यामा कसरी आफुँ हल गर्ने उदाहरण बन्ने थापाको योजना छ ।

उनको समूहले मुख्य गरी १० वटा प्रतिबद्धता जनाएका छन् ।

१) विद्यार्थीको आवश्यकता र इच्छा अनुरूप अध्यापनको वातावरण र क्याम्पसको आफ्नै यातायात
२) स्वच्छ कलेज विश्वविद्यालयको अनुभव, महिला मैत्री शौचालय साथै क्याम्पस नर्स
३) डिजिटल प्रविधिमा आइटी विषयको अध्ययन, खुल्ला पुस्तकालय, स्क्यान गरी पढ्न मिल्ने पाठ्यक्रम
४) विद्यार्थी स्ववियु नेतृत्व,स्ववियु कोषको स्थापना, दाता पहिचान र सम्मान
५) इन्र्टनशीप र रोजगारलाई विद्यार्थीहरुमा सहजीकरणः सिक्ने थला (रिसोर्स सेन्टरको अवधारण) स्थापना
६) आर्थिक, सामाजिक र नैतिक पारदर्शी प्रशासन, जबाफदेही स्ववियु र आवश्यक सङ्काय थपमा पहल ।
७) खेलकुदलाई प्राथमिकता खेलमैदानको संरक्षण क्याम्पसको सम्पत्ति पहिचान र वातावरणमैत्री भौतिक निर्माण ।
८) स्वास्थ्य बिमाको अवधारणा, आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिको योजना ।
९) विश्वविद्यालयको स्तरमा स्तरोन्नतिको गुरु योजना, छात्रछात्रामा होस्टलको अवधारणा
१०) जनताद्वारा स्थापित क्याम्पसलाई जनताकै हातमाः निःशुल्क शिक्षाका लागि विभिन्न कार्यक्रम तथा योजना

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP