तपाईं को हो (परीचय) ?
जनता बहुमुखी क्याम्पसमा बिएस् डब्लु प्रथम बर्षमा अध्ययनरत दानविर थापा (सम्राट थापा) स्वतन्त्र विद्यार्थी समुहबाट स्ववियु सभापतिको उम्मेद्वार हुँ ।
तपाईं किन स्ववियु उम्मेद्वार ?
रुपान्तरण सम्भव छ भन्ने हाम्रो नारा हो , म जब कलेज आए कलेज आउदा धेरै कुराले मलाई छोयो । पहिलो म विएस् डब्लु पढ्दा वार्षिक ३५ हजार रुपैया फि तिर्नु पर्छ एउटा सामुदायीक कलेजमा यत्रो फि कसले तिर्न सक्छ ? मेरो एउटा प्रश्न हो यो । सामुदायीक कलेजमा किन यस्तो भईरहेको छ । हिजो जुनबेला शिक्षा क्षेत्रमा बर्जित भएको बेला २०४५ सालमा दाताहरुले स्थापना गरेको कलेज हो यो । आज ती नै दाताका छोराछोरी पढ्दा किन महङ्गो भईरहेको छ ? यहाँ र एउटा प्राईभेट कलेजमा प्राईभेट कलेज सस्तो छ । यो किन भईरहेको छ भन्ने मेरो प्रश्न हो र यो प्रश्नको उत्तर खोज्न म स्वबियु सभापतिको उम्मेद्वार
दोस्रो क्याम्पस आएर क्लास छिर्दा डेस्कबेन्चहरु फोहोर थिए , एकछिन बस्दा मच्छडहरुले दुख दिए विश्व विद्यालयको हालत त्यो रहेछ साच्चै चाहेमा त विश्व विद्यालय बनाउन सकिन्छ भन्ने ध्येय जब हाम्रो टिममा आयो टिम सगँ मैले कुराकानि गरेर कन्भिन्स गरे अनि मैले उम्मेद्वारी दिए ।
तपाई लागायत तपाईको टिमलाई नै भोट किन ?
यसमा मलाई आक्षेप आउँछ भोट किन हाल्ने भर्खर कलेज आएको मान्छे भनेर , यो विश्व विद्यालय हो यहाँ रुघ्ने चलन हुदैन यहाँ पढ्ने विद्यार्थी आउँछ जान्छ स्ववियु सभापति भनेर रुघ्ने कुरा हुदैन , म अहिले स्वबियु सभापति उठेको छु अब ७ बर्षपछी स्वबियु चुनाव होला अब ७ बर्ष रुघ्ने कुरा हुदैन, म भन्दा अब्बल भाइ बहिनिहरु अहिले तपाई हाम्रो टिममा हुनुहुन्छ । प्रतक्षमा त म एक्लै सभापतिको रुपमा छु । सुरुमा हामी एक्लै केही साथिहरुसगँ मिलेर संघर्ष सुरु गरेका थियौ । रुपान्तरण सम्भब छ भनेर लागीरहदा अहिले सम्म धेरै साथिहरु रुपान्तरण सम्भब छ है भनेर लागीरहनु भएको छ । रुपान्तरणको टिम र स्वर ठुलो भएको छ ।
तपाईले हाम्रो उम्मेद्वारहरु हेर्नू भयो भने आम बिद्यार्थीहरु पाउनु हुन्छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थीले नै लड्ने हो नेताहरुले लड्ने हैन नेताको ट्याग लागीसकेपछी त्यसले लड्न पाउदैन , यो चुनाब विद्यार्थीको साथिले जित्नु पर्छ, विद्यार्थीले जित्नु पर्छ त्यही भएर हाम्रो समूह र म चुनावमा होमिएका छौ । त्यही भएर चुनमवमा भोट दिने बेलामा यो कलेजलाई सम्झनुहोस् यसका शौचालय,कक्षाकोठा सम्झनुहोस् , इतिहासमा पहिलोपटक कोही स्वतन्त्रको हिम्मत लिएर आईरहेको छ , यो हिम्मतलाई तपाईंले मर्न दिनु भयो भने रुपान्तरण सम्भब छैन ।
जनता बहुमुखी क्याम्पसमा सुधार गर्नु पर्ने कुराहरु के के देख्नु भएको छ ?
जनता बहुमुखी क्याम्पसमा सुधार गर्नु पर्ने कुरा भनेको पहिलो बस, क्याम्पससगँ आफ्नै बस छैन भाडाको बस प्रयोग गरीरहेको छ । २०४५ सालमा इटहरीमा अस्तित्वमा नभएको मन्टेश्वरीहरुको बकाईदा आफ्नै बस छ तर हामी अरुको बस प्रयोग गरीरहेछौ यो बिडम्बना हो यो लाज लाग्नु पर्ने कुरा हो ।
बस आएपनी रोड पारी आउँछ मुख्य राजमार्ग कटेर बस चढ्न पुग्नु पर्छ । मलाई मेरी आमाले भन्नू हुन्थ्यो बाटो हेरेर कट्नु भनेर , हरेक गाउबाट आउने बिद्यार्थीहरुको लागि त्यो समस्या हो बाटो काट्न सक्दैनौ हामी , कम्तिमा कलेज बस कलेजकै खेलमैदान सम्म आउनु पर्ने हो ।
कलेजले हामी महिला पढाउछौ भन्छ ६० प्रतिशत महिला छन् भन्छ तर एउटा महिला मैत्री शौचालय छैन । सोधपुछ कक्ष छेवैमा एउटा मैलो बेड छ , केही औसधीहरु लथालिङ्ग छन् तर नर्स छैन क्याम्पसमा नर्स,चाहिन्न ? बिद्यार्थीलाई चाहिने भनेको किताब हो , किताब पाईरहेको अबस्था छैन । हाम्रो घोषणा पत्रमा एउटा क्यु आर कोड छ त्यसमार्फत हाम्रो घोषणा पत्र हेर्न सकिन्छ भने कितावका ठेलिहरु किन हेर्न सकिँदैन पैसा पनि बच्छ, खुल्ला लाईब्रेरी बनाईदिउ ,स्क्यान गरेर पाठ्यक्रम पढ्न सकिन्छ ।
दाताले बनाएको कलेजका कोठाहरुमा दाताहरुको नाम छ । ती दाताको हुन् ती दाताको अस्तित्व के ? दिनेको कहिल्यै नसम्झिने जहिल्यै लिन मात्रै जान्ने , हामी विद्यार्थी हौ लिन मात्रै जान्दैनौ लिन पनि जान्दछौ दाताको पहिचान र सम्मानका कुराहरु छन् । अर्काे भनेको खेलमैदानका कुराहरु छन् । पहाडबाट आउने बिद्यार्थीहरुका लागि रुम एकदमै जटिल छ । सबै भन्दा ठुलो समस्या के हो भने रुम ४ हजार ५ हजार पुगीसक्यो एउटा होस्टल हुनु पर्दैन ? छात्रबास हुनु पर्दैन ? यति गर्न सकिन्छ साथीहरु लागौ न एकपटक अबसर दिनुहोस् यो बिचमा अहिले सम्म नभएका केही उदाहरण मात्रै छन् । विद्यार्थीलाई कित्ता कित्तामा उभ्याउने काम नगरौ विद्यार्थीहरु कम्तिमा स्ववियुमा त एक भएर सोचौ अहिले जनता क्याम्पसलाई सोचेर मतदान गरौ ।
स्ववियु चुनाव जितेपछी के के गर्नुहुन्छ ?
हाम्रो घोषणा पत्रमा १० वटा एजेण्डा छन् । पहिलो भनेको कलेज पर्छ सुरुमा भनेको कलेज बस कलेजको गेट सम्मै आउँछ हामिले भाडा तिरीसकेपछी बसको हैन बिद्यार्थीको टाईममा क्याम्पस गेटमा आउँछ । दोस्रो महिलामैत्री शौचालय , कलेज सरसफाईको काम स्ववियु सभापतिबाट सुरु हुन्छ तपाई हामिले गर्ने हो यो कसैले गर्दैन । हामिले एउटा क्याम्पसलाई क्याम्पस बनाउन प्रशासनलाई प्रशासन बनाउन र बिद्यार्थीलाई बिद्यार्थी बनाउन के के गर्नु पर्छ हामी सबै गर्छाै ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP