इटहरी: इटहरी स्थित तरहरामा रहेको ज्ञान दर्पण एकेडेमीका विद्यार्थीले चिया बेचेर आएको रकमबाट मामाघर नेपाललाई सहयोग गरेका छन् । शुक्रवार कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीले खर्च गरेर बचेको ३० हजार रुपैयाँ बापतको शैक्षिक तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन् ।
७५ जना विद्यार्थीको सहभागितामा भएको कार्यक्रममा माया घरलाई लत्ता कपडा, सरफ, हर्पिक फिनेल, विद्यार्थीको झोला लगायत सहयोग गरिएको एकेडेमीका प्रिन्सिपल काली प्रसाद कोइरालाले जानकारी दिए । कक्षा ८ को पेसा र व्यवसाय विषयको प्रयोगात्मक परीक्षा अन्तर्गत बिहीबारे बजारको चोकमा चिया बनाउने कार्य गर्दै आएका थिए ।
प्रिन्सिपल कोइरालाले किताबी ज्ञान मात्रै नहुने भन्दै विद्यार्थीहरूले गरेको कामलाई सम्मान गर्दै प्रयोगात्मक परीक्षाको रूपमा लिइने समेत बताए । विद्यार्थीमा सामाजिक सेवाको भावको विकास गर्न समेत यो कार्यक्रमको थालनी गरिएको उनको भनाई छ ।
कार्यक्रममा विद्यालय संचालक समिति अध्यक्ष खम्बा सिंह गुरुङ, विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु बहादुर खड्का रहेका थिए । यस्तै विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP