इटहरी : नेपालले अपनाएको तीन खम्बे अर्थनीतिको महत्त्वपूर्ण अङ्ग हो, निजी क्षेत्र । सार्वजनिक,निजी र सहकारी क्षेत्र मार्फत आर्थिक गतिविधिमा नेपाल छ । सार्वजनिक अर्थात् सरकारी र सहकारी क्षेत्रको समन्वयको काम निजी क्षेत्रले गर्दछ ।
त्यही निजी क्षेत्रको साङ्गठनिक प्रतिनिधित्व गर्ने एक संस्था हो, उद्योग वाणिज्य महासङ्घ । महासङ्घको इटहरी उपमहानगरपालिका क्षेत्रको प्रतिनिधित्व उद्योग वाणिज्य सङ्घ इटहरीले गर्छ । निजी क्षेत्रको व्यवसायको प्रतिनिधिमूलक यो संस्था अहिले आफ्नो नेतृत्व छनोटको प्रक्रियामा छ । आउँदो माघ २८ गते व्यवसायीहरूले आफ्नो प्रतिनिधि चुन्न लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको प्रयोग गर्ने तयारीमा छन् ।
मत मार्फत नेतृत्व छनोट गर्ने विधिमा यो पटक महिला नेतृहरूले पनि अध्यक्षको रूपमा आफूहरूलाई खडा गरेका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्व पहिलो पटक महिलाहरूले दाबी गरेको यो बेला व्यवसायी गायत्री कटुवाल ९भण्डारी० अध्यक्षको आकाङ्क्षा सहित निर्वाचनमा होमिएकी छिन्।
लामो समय रेडिमेट व्यवसाय गर्दै आएकी कटुवाल इटहरीमा सबैसँग परिचित छिन् । विक्रम संवत् २०३९ साल देखि व्यवसायमा संलग्न गायत्री आफूले व्यापार र व्यापारीलाई राम्ररी बुझेकोलेु प्रतिस्पर्धामा उत्रिएको बताउँछिन्।
लामो समय देखि व्यापारमा संलग्न भएकी उनी उद्योग वाणिज्य सङ्घमा उनको संलग्नता लामो छ । उद्योग वाणिज्य सङ्घ इटहरीको दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्षको रूपमा काम गर्नु भएको भण्डारी अहिले अध्यक्षको प्रभाशाली प्रतिस्पर्धा उत्रिएकी हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP