भलिबल तर्फ जनता क्याम्पसलाई एकै दिन दुई उपाधि

दिप खबर
माघ २५, २०७९

इटहरी: स्नातक तह अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि इटहरीको जनता क्याम्पसले हात पारेको छ । आज (बुधवार) महेन्द्र बहुमुखी क्याम्पस धरानमा भएको खेलमा आयोजक टिमलाई ३/२ सेटमा हराउँदै उपाधि जित्न सफल भएको छ । नेकपा एमाले समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको खेलमा १६ टिमको सहभागी रहेको थियो । जनता क्याम्पसले उपाधि हातपारेसगैं नगद २० हजार सहित ट्रफि, मेडल प्रमाण पत्र हात पारेको छ । यस्तै दोस्रो स्थानमा चित्त बुझाएको आयोजक टिमले नगद १० हजार सहित ट्रफि मेडल प्रमाण पत्र र तेस्रो भएको धरान पब्लिक हाई स्कुलले नगद सात हजार सहित प्रमाण पत्र हात पारेको छ ।


यस्तै इटहरी स्थित क्षेत्रीय रङ्गशालामा जारी राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उपाधि पनि जनता बहुमुखी क्याम्पस भएको छ । १८ वर्ष मुनिको भलिबल प्रतियोगितामा सयपत्री माविलाई पराजित गर्दै जनता क्याम्पस विजयी भएको हो । विजयी भएसगैं उक्त टिमबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागी हुने जनता क्याम्पस अनेरास्ववियुका नेता रिजेन भट्टराईले जानकारी दिए । उनले एकै दिन दुवै तर्फबाट उपाधि जित्नुले क्याम्पसमा पढाई मात्र नभई खेलकुद पनि अनिवार्य भएको उल्लेख गरे । आजको जितसगैं खेलाडी विद्यार्थीलाई क्याम्पसले प्रशासनले खेलकुद सामग्रीको उचित व्यवस्थापन गर्ने पर्ने तर्क राखे । यस्तै अनेरास्ववियुले खेलकुदलाई गम्भीर रूपमा लिएको भन्दै प्रशासनसँग समन्वय गरी आवश्यक सामग्रीको प्रबन्ध मिलाउने समेत दाबी गरे ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP