सुनसरी एमाले अध्यक्ष भण्डारीले बुवाको दुर्घटनाबापत पाउनु पर्ने ५ लाख ६० हजार मिनाहा गरिदिए

दिप खबर
अशोज २६, २०७९

नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीले आफ्ना बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिदिएका छन् । अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर ५ लाख ६० हजार रकमा मिनाहा गरिदिएका हुन् ।

करिव एक महिना अगाडि इटहरी ८ फुलबारी टोलमा भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कारण सो रकम मिनाहा गरिएको अध्यक्ष भण्डारीले बताए ।

सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहेका भण्डारीले साह्रो गाह्रो परेको बेला जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP