इटहरीमा रहेको आइतबारे लाइनमा युनिटि फेसन वर्ल्ड संचालनमा आएको छ । विश्वकर्मा पुजाको अवसरमा इटहरीका युवा ब्यबसायी रबिन न्यौपानेले उक्त फेसन वर्ल्ड सञ्चालनमा ल्याएका हुन् ।
युनिटि फेसन वर्ल्डको इटहरी –६ का वडा अध्यक्ष दिवस पोख्रेलले उद्घाटन गरेका थिए । बिगत ९ बर्षदेखि सेवा प्रदान गर्दै आएको फेसन वर्ल्डमा गुणस्तरीय स्वदेशी तथा विदेशी बिभिन्न ब्रान्डका कपडाहरू पाइने सञ्चालक न्यौपानेले बताए ।
टेलरिङ्गको व्यबस्था सहित रेमन, सियाराम, अरबिन्द, एफ्सुलुटो, ग्राडो ब्रान्डहरुका साथै इङ्गल्याण्ड तथा इटालियन कपडाहरू पनि उपलब्ध रहेको सञ्चालकको भनाई छ ।
ग्राहकको थप सेवा तथा सुविधाका लागि सेवा बिस्तार गरेको बताउँदै युनिटिमा फेस्टिवल अफर अन्तर्गत सबै कपडामा १५देखि २० प्रतिशत सम्मको छुट प्रदान गरिएको न्यौपानेले बताए । आफ्नै कारखानामा तयार गरिएको रेडिमेड दौरा सुरुवाल, सुट तथा ब्लेजर समेत पाइने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP