इटहरी चौकमा अपाङ्गमैत्री शौचालय बन्ने

दिप खबर
भदौ १९, २०७९

इटहरीको मुख्य चौक नजिक सार्वजनिक शौचालय बन्ने भएको छ ।

इटहरी बजारमा सुविधाृसम्पन्न अपांगमैत्री शौचालय निर्माण हुने भएको हो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् । पश्चिम लाइन र धरान लाईनको केन्द्रमा रहेको रेयुकाई चौतारीमा बन्न लागेको शौचालय बालमैत्री र अपाङ्गमैत्री हुने बताइएको छ ।

इटहरी बजार आउने आगन्तुक, यात्रु, तथा सेवाग्राहीलाई समस्या भएको भन्दै शौचालय निर्माण गर्न लागिएको पौडेलले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेलले केही दिनमै विशाल बजार भित्रको शौचालयलाई सार्वजनिक प्रयोजनको लागी खुल्ला गरिने बताएका थिए। त्यसृसँगै पूर्व लाइनको जुट विकाृस चौक आसपास पनि नयाँ शौचालय निर्माण कार्य सुरु हुने पोखरेलको भनाृइ छ । ३५ लाखको लागतमा बन्ने शौचालय उपभोक्ता समितिमार्फत निर्माण गर्न लागिएको हो । इटहरी–६ का व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा बनेको समितिले डेढ महिनाभित्र शौचालय निर्माण गर्ने भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP