प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राविधिक टोली सहित झापाका विभिन्न खेलमैदानको स्थिति अवलोकन तथा निरीक्षण गरेका छन्। बोर्डका सदस्य शैलेश कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिकी निर्देशक उषा कर्ण र कार्यालय प्रमुख चण्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नबौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्न सक्ने सम्भावना बारे अध्ययन गर्न निरीक्षण गरेको हो । खेलकुद विकास बोर्डको टोलीले झापाको चन्द्रगढीमा रहेको मेची रङ्गशाला, सोही रंगशालासगँ रहेको कभर्डहलको निरीक्षण गरेको छ । निरीक्षणकै क्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गङ्गा भुर्तेल, सचिवालयका दुर्गा निरौला, तथा सदस्य जगन कार्की सहितका पदाधिकारीले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाई जानकारी गराएका थिए । झापा जिल्लामा आफूहरूले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।
मेची रङ्गशालाको कभर्डहलमा उसु, कबड्डी, साथै खो खो खेलको प्रदर्शनी गरी बोर्डको सदस्यहरूको टोलीलाई देखाइएको थियो । खेलाडीको उच्च सम्मान गर्दै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउँदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाई राम्रो पुरस्कार सहित सम्मान गर्ने बताए ।
खेलकुद विकास बोर्डको टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसै गरी काँकडभिट्टाको खेलमैदान मा क्रिकेट खेल को समेत निरीक्षण गरेको छ । त्यहाँ क्रिकेट खेलिरहेका खेलाडीहरूलाई समेत सदस्य सचिवले सम्बोधन गरेका छन् । क्रिकेट खेलाडीलाई सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले क्रिकेटमा अग्रणी भूमिका खेलेको झापाले प्रदेशको लागि मेडल ल्याउने आस व्यक्त गरे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP