आगलागीमा परी एक जनाको मृत्यु

दिप खबर
भदौ २, २०७९

मोरङको सुन्दरहरैँचा नगरपालिका ११ मा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

आगोमा जलेर बेलबारी ११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलाबाट आगलागी भएको थियो । तल्लो तलामा रहेका घरका सदस्य भने भागेर ज्यान बचाएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP