सुनसरीमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु

दिप खबर
भदौ २, २०७९

सुनसरीको भएको दुर्घटनामा इटहरीका एक युवकको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान उपमहानगरपालिका ८ विश्वकर्मा मन्दिर नजिक बोलेरो पिकअप गाडीको ठक्करबाट (बुधबार साझँ मोटरसाइकलमा सवार इटहरीका युवकको मृत्यु भएको हो ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले बुधबार साँझ ५ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहाल (शर्मा) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी ११ का सन्तोष दाहाल घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी र चालक संखुवासभाको चिचिला गाउँपालिका ५ का ३३ वर्षीय गङ्गाबहादुर पाँचकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

यस्तै, इनरुवा–दुहवी सडकखण्डअन्तर्गत दुहवी नगरपालिका २ मा बुधबार राति ११ः४५ बजेतिर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सप्तरी रुपनीका अन्दाजी ३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए ।

उनको दुहवीस्थित मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP