हर्क साम्पाङ विरुद्ध पुर्व उपमेयर भण्डारीले दिइन् साइबर ब्युरोमा उजुरी

दिप खबर
साउन १९, २०७९

पुर्वउपमेयर एवं नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट आफ्नो फेक आइडि बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरि पोष्ट भएको स्क्रिन सटलाई सम्प्रेषण गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

उनले आफुले आजै साइबर ब्युरोमा उजुरी दिइसकेको जानकारी दिइन् । मेयर साम्पाङले पोष्ट गरेको उक्त स्क्रिन सर्टमा उल्लेख भएको आइडि आफ्नो नभएको र फेक आइडि सृर्जना गरेको पनि भण्डारीले प्रष्टीकरण दिइन् ।

उनले आफु कहिल्यै पनि सामाजिक सद्भाव तथा जातीय सद्भाव खलबलाउने कार्य नभएको दाबी गर्दै मेयर साम्पाङले जातीय द्धन्द निम्त्याउने किसिमको बिषय वस्तु राखी फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरि मेयर साम्पाङले पोष्ट गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताइन् ।

उनले बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफु र नेकपा एमालेलाई जोडेर वास्तविक पिडीतहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि बताइन् ।

मेयर साम्पाङविरुद्ध मुद्दा हालिरहन नपरोस् भनेर आफुले पहिलो पटक सचेत गराएको भन्दै उनले त्यसलाई अझ प्रतिकार गर्दै आफ्नो फेक आइडि बनाएर पोष्ट आएपछि बाध्य भएर साइबर ब्युरोमा मुद्दा दिनुपरेको बताइन् । अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफुले मुद्दा दिएको उनले बताइन् । कानुनभन्दा माथि कोही पनि छैन भन्ने हिसाबले मुद्दा दर्ता गरेको उनले बताइन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP