इटहरीमा १५ वेडको अस्पताल सञ्चालन गर्ने तयारी

दिप खबर
साउन ८, २०७९

इटहरीमा १५ बेडको प्राणनाथ अस्पताल सञ्चालनमा आउने भएको छ । श्रीकृष्ण प्रणामी प्रतिष्ठानअ न्तर्गत उक्त अस्पताल इटहरीको श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा सञ्चालनमा ल्याउन लागिएको हो । सहयोगि दाताहरुबाट सहयोग जुटाएर सञ्चालनमा ल्याइने उक्त अस्पतालले न्युनतम शुल्कमा सर्वसाधारणका लागि स्वास्थ्य सेवा दिने अस्पताल निर्माण समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

शनिबार इटहरीका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थितीमा अस्पताल निर्माण समितिको पहिलो बैठकले ६३ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । सामाजिक संस्थाको विधानअनुसार सञ्चालन हुने अस्पताल निर्माणका लागि १५ सदस्यीय कार्य संपादन समिति बनाइने घिमिरेले बताए ।

५०० बेडको सुविधासम्पन्न अस्पताल बनाउने उद्देश्य राखेको प्रतिष्ठानले उपयुक्त जग्गा नभेटेपछि तत्काललाई १५ बेडको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । अस्पताल भवन दुई करोडको लागतमा बन्नेछ भने भवन भित्रको मेसिन उपकरणको लागि ५ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ । दाताहरुले दिएको सहयोगअनुसार सदस्यदेखि संरक्षकसम्मको सम्मान दिइने जनाइएको छ ।

घिमिरेका अनुसार पर्याप्त जग्गा उपलब्ध भएमा ५०० बेडको अस्पताल निर्माण थालिनेछ । त्यसको लागि सुरुमा प्राणनाथ मल्टिस्पेसालिटी हस्पिटल एण्ड रिसर्च सेन्टर नाम दिएर १०० बेडको अस्पताल सञ्चालनमा ल्याइनेछ । ‘५०० बेडको अस्पतालको लागि आवश्यक जग्गा इटहरी उपमहानगरपालिकाले व्यवस्था गरिदियो भने अस्पताल बनाउन समस्या छैन,’ उनले भने । अर्को ठाउँमा अस्पताल निर्माण सुरु गरिएपछि अहिले मन्दिर परिसरमा बन्न लागेको अस्पताल भवनलाई भने आश्रम वा किरियापुत्री भवन आदि प्रयोजनमा लगाउने उनले बताए ।

प्रतिष्ठानले अन्जना अग्रवाल स्मृति प्रतिष्ठान धरानबाट एम्बुलेन्स प्राप्त गरिसकेको छ भने शव वाहनको लागिसमेत सदानन्द च्यारिटेबल ट्रष्टबाट आर्थिक स्रोत जुृटाइसकेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP