सुनसरीको इनरुवाबाट २ सय केजी बढी लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
इनरूवा नगरपालिका ४ नम्बर वडास्थित बसचोकमा चेक जाचको क्रममा पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को १ ख २९२६ नम्बरको पिकअप भ्यानमा ७ बोरा २०८ केजी गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार अदुवा बोकेको उक्त पिकअप भित्र लुकाएर ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजासंगै उक्त पिकअपका चालक धनकुटा जिल्ला शहिदभूमी २ का वर्ष २१ का तेज राई लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा ५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP