झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
कचनकवल गाउँपालिका स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
कचनकवल ५ बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना गणेशको झुन्डिएको अवस्थामा शव फेला परेको पाठकले बताए ।
एउटै हांगामा दुई जना र अर्को हांगामा एक जना झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीयका अनुसार उनीहरु तीनै जना शनिबार दिउँसोबाट बेपत्ता भएका थिए । सामूहिक आत्माहत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP