प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके नामकरण नै गर्न नहुने बताएका छन् ।
प्रदेशको नाम लिम्बुवान–किरात राख्नुपर्ने मागसहित ३२ वटा संघसंस्थाले तयार पारेको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले पहिचानसहितको नाम राख्न नसके राम नै नराख्नु उपयुक्त हुने बताएका हुन् ।
‘नेगेटिभ नाम राख्नुभन्दा नराख्नु राम्रोे हो’ उनले भने, ‘म यसमा स्पष्ट छु, यो कुरा लुकाएर वा खुसुक्क भन्ने होइन ।’ नेगेटिभ भनेर उनले विनापहिचानाको नाम भन्न खोजेका हुन् । नराम्रो नाम लेखिनुभन्दा अहिलेलाई नलेखेर अर्को संसदलाई छाड्दिनु राम्रो हुने उनको भनाइ छ ।
मुख्यमन्त्री राईले पदमा बसेर पहिचानको नामकरण गर्न आन्दोलनलाई उकासेको आरोपको प्रतिवाद गर्दै महत्वपूर्ण समयमा कतया उभिने र के भूमिका खेल्ने भन्नेकुरा संसारले थाहा पाउनुपर्ने बताए । ‘परिवर्तनकारी र आन्दोलनकारी भएकोले ०६२–६३ को अधुरो क्रान्ति पूरा गर्न सडकबाट पनि आन्दोलन गर्छु’ उनले भने, ‘सरकारबाट पनि परेको बेला आन्दोलनरत हुन्छु ।’
माओवादीले पहिचानको नाममा बन्दुक बोकेको, एमालेको बहुपहिचानको पक्षमा रहेको र कांग्रेसको घोषणापत्रमा पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने मूल नारा उल्लेख रहेको अवस्थामा पहिचानको आधारमा प्रदेश नामकरणमा बेइमानी गर्न नपाइने मुख्यमन्त्री राईको भनाइ छ । प्रदेशको नाम ‘किरात–लिम्बुवान’ लाई जातीय भन्नु नश्लीय सोच भएको उनले आरोप लगाए ।
मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएपछि किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले लिम्बुवान जोडिएर प्रदेश नामकरण नगरिए छुट्टै लिम्बुवान प्रदेशका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए । संयुक्त संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेर ज्ञापनपत्र बुझाएपछि प्रदर्शनसहित प्रदेशसभा भवन अगाडि पुगेर सभा गरेको थियो ।
का थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP