साउन लागेसगैं धरानको पिण्डेश्वर बाबाधाममा भक्तजनहरूको भिड लागेको छ ।
दुई वर्ष कोरोना महामारीले गर्दा नलागेको बोलबंम मेला यस पटक भब्यरुपले लगाउने पिण्डेश्वर बाबाधाम समितिले बताइरहँदा आज बिहानै हजारौँ भक्तजन जल चढाउन पिण्डेश्वर वावाधाम पुगेका हुन् ।
हिजो राति ११ बजे देखिनै भक्तजन आउन थालेका थिए । अझ बिहान ३ बजे बाट भक्तजनको सङ्ख्या बढेको समितिले जनाएको छ । मन्दिरको उत्तर पट्टिको मुख्य प्रवेशद्वारमा तीन वटा लाइन रहेको छ ।
विगत निकै लामो समय सम्म मन्दिर नखोलिनु र यस पटक साउनमा पिण्डेश्वरमा बोलबंम मेला लाग्नले गर्दा यस पटक भक्तजनको ठुलो घुइँचो लागेको पिण्डेश्वर बाबाधाम समितिका कार्यालय सचिव रोहिणी खनालले बताए । सप्तकोेशी नदीबाट जल ल्याई खाली खुट्टा गेरु वस्त्र धारण गरेर पिण्डेश्वर मन्दिर सम्म पैदल आएर जल चढाउनाले मनोकांक्षा पुरा हुने विश्वास रही आएको छ । समितिले यो वर्ष ५ लाख तीर्थयात्री आउने आस राखेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP