झापामा हात्ती मृत फेला परेको छ । जिल्लाको अर्जुनधारा नगरपालिका–४ को दहिझोडामा आज बिहान हात्ती मृत फेला परेको हो ।
। अहिले शवको कानुनी प्रक्रिया पुरा गर्ने क्रम जारी रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
दहिझोडा खोला किनारमा किशोर अवस्थाको हात्ती मृत भेटिएको स्थानीयले बताएका छन् । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यस अघि असार १७ गते बिहान बुद्धशान्ति – ५ का भीम कार्कीको घर पछाडि खेतमा हात्ती मृत फेला परेको थियो। त्यसको कारण समेत हालसम्म सार्वजनिक भएको छैन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP