राष्ट्रिय युवा सङ्घ नेपालले बजेट भाषण गर्नु अघिल्लो दिन (जेठ १४) गते रातिको सिसिटिभी फुटेज लुकाएको विरोधमा भोलि मङ्गलवार हनुमानस्थान सिंहदरबारमा ३ बजे विरोध प्रदर्शन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको भन्दै विरोध गरेको हो ।
आरोप लागेका बेला मन्त्रालयले सिसिटिभी फुटेज मेटिएको भन्दै पन्छिन खोजे पछि अर्थमन्त्री जर्नादन सर्मा माथि संसद् भित्र र बाहिर प्रश्न उठिरहेको छ ।
अनुसन्धानका लागि सिसिटिभीबाट खिचिएका यस्ता दृश्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP