सुनसरीको रामधुनी नगरपालिका–३ सिघिया स्थित नहरको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो १२ बजे स्थानीय ५० वर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगेकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पलकीबाट थप अनुसन्धान भइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP