अबिरल बर्षाको कारण आएको बाढीले सुनसरीका सबै जसो स्थान जलमग्न भएका छन् ।
विभिन्न खोलामा आएको बाढीका कारण २ सय भन्दा बढी मानिस विस्थपित हुन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ । ती स्थानीह तहहरुमा हालसम्म ४६ घर डुबानमा परेका छन् भने २३९ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार इटहरी वडा नं ५ मा बर्षाको कारण १ घरमा क्षति पुगेको छ । उक्त घरका ८ जना परिवार हाल छिमेकीको घरमा सरण लिएर बसेका छन् । यस्तै, बर्जु गाउँपालिका ५ मा गुरुङ र ए देवता टोलमा ट्यांग्रा खोलाको पानी ओभरफुल भएर बस्तीमा पस्दा १५ घर परिवार विस्थापित भएका छन् । प्रजिअ यादवका अनुसार विस्थापित ८ घरका ३२ जनालाई मुसहर भवन र ७ घरका २९ जनालाई रामजानकी प्राविमा स्थानान्तरण गरेर राखिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वाड नं ५ मा पनि ३० घरका परिवार पनि विस्थापित भएका छन् । उनीहरुको घरमा बाढीले पानी पसेर बस्न नमिल्ने भए पछि विस्थापित हुन पुगेका छन् । ती मध्ये १६ घरका ९० जना बाँधमा त्रिपाल टागेर बसेका छन् भने १४ घरका ८० जना छरछिमेकको घर टपारा टोलमा बसेका छन् ।
त्यस्तै डुबान प्रभावित क्षेत्रका स्थानीय तहले ३ दिन शैक्षिक संस्था बन्द गराएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाले भने अनिश्चितकालीन विद्यालय बन्द गराएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP