सुनसरीमा निरन्तर वर्षा, अधिकांश क्षेत्र डुबान

दिप खबर
असार १४, २०७९

निरन्तरको वर्षाले इटहरी लगायत सुनसरीका धेरै स्थान डुबानमा परेका छन् । कतिपय बस्तीमै पानी पसेको छ भने खोला, नदी आसपासका क्षेत्र जलमग्न भएका छन् ।
इटहरीको वडा नम्बर ४,५,८,७, ९ १२,१३ लगायतका वडाहरूका धेरै स्थान जलमग्न भएका छन् । इटहरी वडा नम्बर ९ मा पर्ने एक चौधरी बस्तीका ६ घर मा पानी पस्दा पिडित भएका छन् । घरमा टेङ्ग्रा खोला पस्दा ज्यान जोगाउन समस्या भएको मनोज चौधरीले जानकारी दिए । उनले अब कहाँ बस्ने के खाने भन्दै गुनासो गरे ।
बूढी खोला, खेती खोला, टेङ्ग्रा खोलामा आएको बाढी बस्तीमा बस्दा स्थानीय डुबानको समस्यामा परेका हुन् ।
यस्तै जिल्ला सदरमुकाम इनरुवाका पनि केही बस्तीमा पानी पसेको छ । गढी गाउँपालिका वडा नम्बर २ मा १२ घर परिवार डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पनि सुनसरी खोलाको पानी बस्तीमा पस्दा धेरै स्थान जलमग्न भएका हुन् । वराहक्षेत्रको पनि धेरै स्थान डुबानमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताए । अहिले पनि निरन्तर पानी परिरहेकाले सुरक्षित भएर बस्न समेत प्रशासनले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ र झापाका अधिकांश स्थानहरूमा निरन्तर परेको वर्षातका कारण सतर्कता अपनाउन अपिल गरिएको छ । मेची, विरिङ, वक्राहा, लोहन्द्रा, बूढी खोला, सुनसरी खोला लगायत साना नदीहरूमा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन अपिल गरिएको हो ।
गत कार्तिकमा आएको बाढीकै कारण जिल्लाभर १२ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ६ जना इटहरीका रहेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP