इलाममा बोलेरो गाडी दुर्घटना, तीन जनाको मृत्यु

दिप खबर
असार १२, २०७९

इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका(२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो ।

दुर्घट्नामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५-का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका ६-का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP