सुनसरीमा ट्रिपरको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु, आफन्तले गरे यातायात थप्प

दिप खबर
असार ९, २०७९

सुनसरीमा टिपरको ठक्करबाट एक पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ । बिहान करिब ८ः३० बजे दुहबी -इनरुवा सडक खण्डमा प्रदेश २-०३००२ ख २१०१ नम्बरको टिपरको ठक्करबाट भारतको सुपौल जिल्ला गोहानागादुपिर घर भएकी अन्दाजी ४० वर्षीय चन्द्रकला विश्वकर्माको मृत्यु भएको हो ।
मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले टिपर तोडफोड गरेका छन् । सो सडकमा आवतजावत गर्ने यातायात बन्द गराएका छन् । टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP