मोरङको केराबारीमा पहिरो जाँदा एक घर बगायो, अन्य ६ घर विस्थापित

दिप खबर
असार ७, २०७९

गयराति पानी सँगै आएको पहिरोले मोरङको उत्तरी भेगमा पर्ने केराबारी गाउँपालिकाको वडा नम्बर १ पाटीगाउँका ७ घर परिवार बिस्थिपित भएका छन् ।
गाउँमाथिबाट झरेको पहिरोले स्थानीय रत्नमाया मगरको घर नै बगाएको छ । यस्तै अन्य ६ घरमा पहिरो पस्दा क्षति भएको छ । त्यस्तै पहिरोले जीतबहादुर मगरको एक हल गोरु र एउटा गाई समेत लगेको छ ।
वडा अध्यक्ष शरण कुमार मगरका अनुसार उक्त गाउँ जाने सडक समेत बाढी पहिरोले लगेको छ । सडक सञ्जाल टुटेपछि आवतजावत समेत बन्द भएको छ । विस्थापित परिवारलाई वडा कार्यालय नजिकै पुरानो भवनमा राखिएको छ । अन्य क्षति पुगेका घर परिवारलाई कहाँ राख्ने भन्ने गाउँपालिका सँग छलफल भइरहेको वडा अध्यक्ष मगरले जानकारी दिए ।
पहिरो गएको गाउँ पुग्न गाउँपालिकाबाट ४ घण्टा पैदल हिँड्नु पर्छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP