सुनसरीमा खोलाले बगाएर एक जना यात्रुको मृत्यु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वाघ खोलाले अटो (टेम्पो) बगाउदा टेम्पोमा सवार सोही ठाउँकि १७ बर्षिय कृष्टिना राईको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यलय महेन्द्रनगरका अनुसार गएराती करिब ७ बजेर ७५ मिनेटको समयमा धरान(चतरा भित्री सडक खण्ड अनर्तगत चतराबाट धरान तर्फ जाँदै गरेको को २ ह ८९८५ नम्वरको अटो बाघ खोलाले बगाएको थियो । अटो बगेको स्थान देखि करिव ६ सय मिटर तल फेला परेकोमा थियो । अटोमा चालक सहित ३ जना जवार रहेका थिए ।
चालक र अन्य एक जना सामान्य अवस्थामा रहेका छन् । मृतक राईको सब पोस्ट मार्टमका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिश्ठान पठाईएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP