इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इटहरी ४मा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
पुरस्कृत भएका ओझाले विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुका साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी कार्यरत ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै उनको तस्विर सम्मान स्वरुप १ नं। प्रदेश प्रहरी कार्यालयमा राखिने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP