पूर्व श्रीमानले श्रीमतिलाई छुरा प्रहार गरी आफैंलाई पनि हाने छुरा

दिप खबर
असार १, २०७९

उदयपुरमा छुरा प्रहारबाट दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १ फुलजोर स्थित किराना पसल गरी बस्ने सहरमान राईको श्रीमति ४३ वर्षिय सिर्जना राई छुरा प्रहारबाट घाइते भएकी छन् ।
कटारी नगरपालिका ६ रिस्कु बस्ने ४५ वर्षिय राम कुमार सुर्खेती घरमा आई बसिरहेकी सिर्जना राईसँग बादविवाद गरी आफैले बोकी ल्याएको छुरा प्रहार गरि घाइते बनाएका थिए । सिर्जनालाई छुरा प्रहार गरि घाइते बनाएपछि आफुले आफैँलाई समेत छुरा प्रहार गरेका थिए ।

आफुले आफैलाई छुरा प्रहार गरि बेहोस अवस्थामा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई उद्दार गरि जिल्ला अस्पताल गाईघाटमा ल्याएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान धरान पठाएको छ । छुरा प्रहार गर्ने सुर्खेती सिर्जनाको पूर्व श्रीमान भएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP