वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको छ ।
बिशेष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै रौनियारलाई सफाई दिएको हो । बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडेल, यमुना भट्टराई र डा.खुशीप्रसाद थारुको इजालाशले रौनियारलाई सफाई दिएको हो । पुर्वउपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरि विरुद्ध अख्तियारले २०७६ साउन १९ गते भ्रष्टचार (घुस, रिसवत)को मुद्दा दर्ता गरेको थियो । अदालतबाट सफाई पाए पनि पुर्वउपकुलपति डा।रौनियार उपकुलपति पदमा पुर्नवहाली हुन पाउने छैनन् । उनको कार्यकाल मुद्दा चलिरहेको बेला नै गत फागुनमा सकिएको छ ।
डा.रौनियारविरुद्धको मुद्दाको पटक पटक पेशी स्थगित र हेर्न नभ्याउने भएर सर्दै आएको थियो । यो मुद्दाले समयमा नै फछयौट भएको भए उपकुलपतिमा उनी पुर्नवहाली पनि हुनसक्थे । अख्तियारले आफै पैसा लगेर गर्ने स्टिङ अप्रेशनलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि डा।रौनियारले पनि सफाई पाउने अनुमान गरिएको थियो । तर, उनको मुद्दाको फैसला हुन ढिलाई भएपछि उनी पदमा पुर्नवहाली हुन पाएनन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP