जंगली च्याउ खाँदा भोजपुरमा एक बालिकाको मृत्यु भएको छ भने परिवारका पाँचजना बिरामी भएका छन् ।
जिल्लाको हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो । आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् ।
उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुले २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP