सुनसरीको हरिनगरा गाउँपालिका–४ बाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन् ।
बिशेष सुचनाको आधारमा सोमबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो ।
कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP