धरानमा कार्यपालिकाको बैठक बस्यो, नदीजन्य पदार्थ उत्खनन् ठेक्का लगाउने विषयमा चर्काचर्की

दिप खबर
जेष्ठ २३, २०७९

निर्वाचन पछि धरान उपमहानगरमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो ।

उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ) ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । तर उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो । मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने निर्णय गर्न आग्रह गरेका थिए । तर, अधिकांश वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले भने आयस्रोत गुम्ने साथै खोलालाई बीचमा च्यानलिङ नगर्दा बर्षामा बाढी आएर बस्ती जोखिममा पर्ने भन्दै आइइइ रिपोर्ट अनुसार ठेक्का लगाउनुपर्ने बताएका थिए ।

मेयर राईले भने कुनै पनि हालतमा उत्खनन् गर्न ठेक्का नलगाउने अडान लिएपछि बैठकमा चर्काचर्कीसमेत पर्यो । अन्तमा यो एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले मेयरको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलले दिएको प्रतिवेदन अनुसार निर्णय गर्ने सुनाएपछि यो एजेण्डाको विवाद समाधान भएको थियो । कार्यदलमा सदस्य सचिवकोरुपमा वातावरण महाशाखा प्रमुख रहने र सदस्यहरुमा खोला भएको सम्बन्धित वडाका अध्यक्षहरुलाई पनि राख्ने भनिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP