रामधुनीकी आठ वर्षीय बालिका बलत्कार आरोपमा पक्राउ परेका २२ वर्षीय पुरुष धरौटीमा रिहा

दिप खबर
जेष्ठ २२, २०७९

सुनसरीको रामधुनी वडा नम्बर तिनकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका पुरुष दुई लाख धरौटीमा धरौटीमा रिहा भएका छन् ।

सोही स्थानका २२ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएपछि गत फागुन १९ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त घटना सार्वजनिक भएपछि त्यसबेला पीडित बालिकाका २८ वर्षीय बुवाले आत्महत्या समेत गरेका थिए ।

प्रहरीमा परेको जाहेरी अनुसार बालिकालाई मोबाइल दिने र पैसा दिने बहानामा पटकपटक आचार्यले बलात्कार गरेका थिए ।

पछिल्लो पटक पुष १८ गते बलात्कृत भएपनि कसैलाई सुनाए मारिदिने धम्की दिएकाले पीडितले घटना लुकाउन बाध्य भएको उजुरीमा उल्लेख छ ।

तर, असह्य पीडाका कारण पीडित बालिकाले आफ्ना दाजुलाई सुनाएपछि घटना भएको दुई महिनापछि गत फागुन १९ गते मात्रै बलात्कारको घटना सार्वजनिक भएको थियो ।

जिल्ला अदालत सुनसरीले आचार्यलाई गत चैत्र १७ गते पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसविरुद्व आचार्यपक्षले उच्च अदालत विराटनगरमा बैशाख २३ मा निवेदन दियो ।

निवेदन उपर सुनुवाई गर्दै न्यायधीशद्वय कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले जेठ १९ गते (बिहीबार) आचार्यलाई दुई लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP