इटहरीका ४ वटा स्वास्थ्य चौकीबाट बिमाको रेफर हुने भएको छ । नव निर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको हो ।
इटहरी अस्पतालमा बीमा रेफर लिन आउने सेवाग्राहीले धेरै सास्ती पाउने गरेको कारण यो सेवालाई सहज बनाउन इटहरीवासीले नयाँ जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए । इटहरी अस्पतालमा बिरामीको रेफर लिन झण्डै ५ घण्टासम्म लाइन लाग्नु पर्ने बाध्यता थियो ।
इटहरी अस्पतालले ति स्वास्थ्य चौकीलाई बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP