धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले आज पदभार ग्रहण गरेका छन् ।
आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् ।
यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । उक्त कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP