सुनसरीका १२ पालिकामध्ये ८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३ नगरपालिका र पाचँ गाउँपालिका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन् ।
गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मा एमालेले विजयी हासिल गरेको छ । अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन् ।भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन् । बर्जु गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ । त्यस्तै कोशी गाउँपालिकामा भने नेपाली कांग्रेस विजयी भएको छ ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए ।रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ । मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन् ।
कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ । बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन् । उपमेयरमा फराकिलो मतान्तर सहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छिन् । बाँकी ६ पालिकामा मतगणना जारी छ । बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन् । २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ । मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP