धरानमा लौरोलाई पछ्याउँदै दुई ठुला राजनीतिक दल

दिप खबर
जेष्ठ ६, २०७९

धरान उपमहानगरमा ६२ हजार मत मध्ये हाल सम्म ४० हजार ७९७ मतगणना भइसकेको छ । जसमा अहिले पनि लौरो चुनाव चिन्ह दिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साङपाङ अग्र स्थानमा छन् । उनले यो समाचार तयार गर्दा सम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् । त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ । गठबन्धन भन्दा साङपाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् ।
हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९ न। वडाको मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ न। वडाको मतगणना भइरहेको छ ।
त्यस्तै १६ र १७ न। वडाको मतगणना हुन बाँकी छ । २० न। वडाको भने मतगणनामा विवाद पछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP