इटहरी २ मा एमालेका माधव कोइरालाको प्यानलै विजयी

दिप खबर
जेष्ठ ५, २०७९

इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको वडाध्यक्ष पदमा माधव कोइरालाको प्यानलै विजयी भएको छ ।

विजयी कोइरालाले ३२२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजु बस्नेतले २६८० मत प्राप्त गरेका छन् । कोइरालाले ५४७ मतान्तरले जितेका छन् ।

सो वडामा नेकपा एमालेकै महिला सदस्यमा भिमाकुमारी तुम्बाहाम्फे, खुल्ला सदस्यमा कृष्णकुमार राई, दलित सदस्यमा चम्पामाया विक र खुल्ला सदस्यमा दुर्गाबहादुर खत्री विजयी भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP