सुनसरीको गढी गाउँपालिकामा नेकपा एमाले विजयी

दिप खबर
जेष्ठ ५, २०७९

सुनसरीको दक्षिणी गढी गाउँपालिकामा नेकपा एमालेका अध्यक्षमा आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् ।

चौधरीले ८,९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका महेश दत्तले ५३५० मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले ७,८१५ मत प्राप्त गरिन् भने काङ्ग्रेसकी राजकुमारी चौधरीले ५,८३८ मत प्राप्त गरेकी छन् ।

गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जितेको छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
यो सगैं सुनसरीका १२ स्थानीय तह मध्ये ३ स्थानको मत परिणाम आई सकेको छ । हाल सम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ । यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली काङ्ग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP