जिल्ला प्रशासन कार्यलय सुनसरीले चार गाउँपालिका र अन्य केही वडामा आज बेलुका ८ बजेदेखि भोली शुक्रबार साझँ ५ बजेसम्म निषेध आदेश जारी गरेको छ ।
भोली बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको संवेदनशिलतालाई मध्यनजर गर्दै छिमेकी देश भारत सगँ जोडिएका हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा निषेधाज्ञा गरिएको हो । त्यस्तै दुहबी नगरपालिकाको १,८,९ इटहरीको वडा नम्बर ३ र इनरुवा नगरपालिकाको ३,९,१० वडामा अत्याबश्यक बाहेक हिडडुल गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खुल्ला सिमाना कारण निर्वाचन आचारसंहितालाई ज्ञान राखेरे निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । अत्यावश्यक काममा सुरक्षा निकायसँग सम्वन्वय गरेर मात्रै व्यक्तिगत तथा सामुहिक हिसावले घरबाहिर निस्कन आदेश जारी गरिएको छ ।
साथै नियमको पालना नगरे कडा कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP