नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वैशाख ३० गतेपछि ओली गुटको समाप्त हुने टिप्पणी गरेका छन् ।
आज सुनसरीको इटहरीमा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै केपी ओली संविधान विरोधी भएकै कारण देशमा अस्थिरता सिर्जना भएको बताए ।
उनले केपी ओलीले पटक पटक संविधान विरोधी कार्य गरेको बताउँदै स्थानीय तहको निर्वाचनबाट तह लगाउने समेत बताए । ओली विरुद्ध खनिएका खनालले उनलाई ठेगान लगाउने बेला भएको समेत तर्क गरे । ओली नेतृत्वमा रहेको गुटलाई हामी पराजित गर्दैछौँ, खनालले भने ओलीले गरेका असंवैधानिक गतिविधिहरू तपाईँलाई थाहै छ ।’ त्यसको लागि गठबन्धनलाई मत दिनुहोस् ।
ओलीले देशमा संविधान विपरीत कार्य पटक पटक गरे पनि आफूहरूले सम्झाउँदा अहङ्कारको बाटोमा अगाडि बढेको बताउँदै नयाँ धारबाट राजनीतिक यात्रा तय गरेको बताए ।
खनालले देशका ठुला परिवर्तनहरूमा देशका शीर्ष दलहरू एक ठाउँमा उभिएको तर्क राख्दै अहिलेको गठबन्धन पनि देश निर्माणकै लागि बनेको बताए ।
त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इटहरीमा गठबन्धन जित निश्चित भएको दाबी गरे । शर्माले २०७४ सालको स्थानीय तहको निर्वाचनमा हारे बेहोर्ने सङ्केत देखे पनि यो पटक गठबन्धनको जित हुने बताए । उनले भने ‘३० गते के हुन्छ म भन्न सक्दिन तर जेठ ३ गते भने विजयको नारा लाग्नेछ ।’
शर्माले फरक प्रसङ्गमा नेकपा एमाले आलुको मात्रै एक क्विन्टल भएको बताउँदै गठबन्धन एक एक तोलाको पाँच तोला सुन भएको टिप्पणी गरे ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका उम्मेदवार
हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP