धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेसा नभई समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन् । चुनावी अभियानमा महालक्ष्मी २ का मतदातासँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै त्यसले निष्ठाको राजनीतिमा होमिएका इमानदार व्यक्तिको भावनामा ठेस पुग्न सक्ने बताए ।
ब्यापार र राजनीतिमा आकाश जमिनको फरक छ । व्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरूको सेवा गर्नु हो । उनले ‘भने सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेको सुझबुझपूर्ण व्यक्ति पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।’
एमालेले जितेको महालक्ष्मी नगरपालिकामा उमेदवारहरुले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । नगरका तत्कालीन मेयर पर्शु नेपालले नगरमा पार्टीले पुनः जितिसकेको भन्दै मतदानको औपचारिकता मात्रै कुरिरहेको दाबी गरे । त्यस्तै पुनः उपमेयरको उम्मेदवार बनेकी मञ्जु अधिकारीले पहिलो कार्यकालको अनुभवले आगामी कार्यकालमा थप जनमुखी काम गर्ने बताइन् ।
प्रदेश कमिटी सदस्य टङ्क चुहानले एमालेले जितको झन्डा फहराइसकेको भन्दै जनमुखी काम नै पुनः जितको बलियो आधार रहेको तर्क गरे ।
एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले महालक्ष्मी नगरमा क्लिन स्वीप गर्ने भन्दै अग्रजको आशीर्वचन र युवाको भरोसा एमालेको साथमा रहेको बताए ।
उनले मेयरका उम्मेदवार बुढाथोकी यसअघि दुई कार्यकाल जनप्रतिनिधिको रूपमा काम गरिसकेको र जनता माझ इमानदार र परिचित व्यक्ति भएको हुँदा सहज जित हुने दाबी गरे
एमाले प्रदेश १ कमिटी सदस्यसमेत रहेका बुढाथोकी महालक्ष्मीका पुराना कम्युनिस्ट नेता हुन् । २०४२ साल देखी अविचलित राजनीतिमा सक्रिय उनी यसअघि तत्कालीन चानुवा गाविसको अध्यक्षमा दुई कार्यकाल निर्वाचित भैसकेका छन् ।
एमालेका उमेदवारसगँ सत्तारुढ गठबन्धनका उम्मेद्बारहरु चुनावी मैदानमा छन् । तर, महालक्ष्मीमा सत्ता गठबन्धनका बिच तीव्र विवाद उत्पन्न भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP