नेपाल बजार बिक्रि प्रतिनिधि संघ प्रदेश न.१ सचिवमा अभि निरौला सर्वसम्मत निर्वाचित भएका छन । आईतबार भएको अधिबेशनमा राजु दाहालको अध्यक्षतामा कार्य समिति सर्बसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा रुद्र बहादुर खड्का र रमेश वानिया सहितको कार्यसमिति गठन भएको प्रचार सचिव मिलन कार्कीले जानकारी गराए ।
उद्योग तथा व्यवसायको प्रवद्र्धन एवम् संरक्षण गर्दै बिक्रि प्रतिनिधि कर्मचारीहरुको पेसागत सुनिश्चतता सामाजिक सुरक्षाको लागि संघले आगामी दिन कार्य गर्ने संघका सचिब अभि निरौलाले बताए । साथै विभिन्न संघसंस्थाहरु सँगको सहकार्यमा सामाजिक कार्यहरु गरी संस्थालाई गतिशिल रुपमा परिचालन गर्दै लैजाने प्रतिबद्धता गरे ।
विभिन्न व्यापारिक कम्पनिहरुमा बिक्रि प्रतिनिधिको रुपमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र छाता संगठनसगै संगठन बिस्तारको कार्य पुरा भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP