एमालेबाट मिथिलामा मेयरको उम्मेद्बारी दिएका महतो भन्छन् :ओलिको फोन आएपछी उम्मेद्बारी फिर्ता लिए

बैशाख १६, २०७९

धनुषाको मिथिला नगरपालिकामा एमालेबाट उम्मेदवारी दिएका हरिनारायण महतोले नाम फिर्ता लिएका छन् । महतोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए । अध्यक्ष ओलीले उनलाई सांसद बनाउने वचन दिएको स्रोतको भनाइ रहेको छ ।

निवर्तमान मेयर समेत रहेका महतोले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले तपाईको व्यवस्थापन गर्छु भनेपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेँ ।’ एमालेले मिथिला नगरपालिकाको मेयरमा नवप्रवेशी राजाराम महतोलाई टिकट दिएपछि उनले उम्मेदवारी दर्ता गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP