मोरङको बूढीगंगामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बैशाख १३, २०७९

मोरङको बूढीगंगा गाउँपालिका–३ शान्ति चोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

 

मंगलबार(आज) दिउँसो उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । कारको अगाडिको भागमा पनि क्षति पुगेको छ । दुर्घटनालगत्तै कार चालक जनकपुर घर भएका २९ वर्षीय शैलेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP