नेपालबाट भारत तर्फ अवैध रुपमा लगीदै गरेको मदिरा सहीत सवारीसाधन जफत

बैशाख १३, २०७९

नेपालबाट भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकलमा राखेर भारततर्फ अवैध रुपमा लैजान खोजिएको मदिरासहित सवारी साधनहरु जफत गरिएका छन् । सशस्त्र प्रहरी बलले आज सप्तरीको राजगढमा ती मदिरा र सवारी साधन नियन्त्रणमा लिएको हो ।


बलको छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट भएको क्वार्लिस गाडी र अन टेस्ट लेखेको मोटरसाइकलमा राखेर लैजाँदै गरिएको एक सय कार्टुन मामाश्री मदिरा बरामद गरेको हो ।


सवारी साधन र मदिरासँगै भारत मधुवनीका २२ वर्षे पप्पु यादवलाई बलले नियन्त्रणमा लिएको हो । सवारी साधन र नियन्त्रणमा लिइएको मदिरा र यादवलाई भन्सार कार्यालय, तिलाठी पठाइएको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP