इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले मेयरका लागि टिकट पाएका छन् । नेपाली कांग्रेस इटहरीका सभापति समेत रहेका उनलाई मेयरका लागि अगाडि सारेको हो । नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज(सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ । उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP