तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवकको हत्या भएको छ । शनिवार साँझ शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको हो । विशालको शव शुक्लागण्डकी नगरपालिका–५ र ४ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा भेटिएको थियो ।
हत्याको आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । मृतक ढुङ्गाना र आरोपीहरू साथी हुन् ।
शनिबार राति सँगै मदिरा सेवन गरेपछि सामान्य विवादमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई जिल्ला अदालत तनहुँबाट १२ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP