इटहरी उपमहानगरमा गठबन्धनबाट उप-मेयर पदमा समाजवादका केशवकुमार बिष्ट

बैशाख १२, २०७९

सुनसरीको इटहरी उपमहागनरपालिकाको उप–मेयर पदमा गठबन्धनले केशवकुमार विष्टलाई अघि सारको छ ।


इटहरीमा मेयर नेपाली काँग्रेसलाई र उप–मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय अनुसार नेकपा एकीकृत समाजवादीका सुनसरी इन्चार्ज र पार्टीको खेलकुद विभाग प्रमुख विष्टलाई उपमेयरमा अघि सारेको हो ।


उनि यस अघि राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव समेत थिए । गठबन्धनले उपमेयरको टुङ्गो लगाए पनि मेयरका विषयमा भने कुनै निर्णय गर्न सकेको छैन । गठबन्धनका तर्फबाट इटहरीको मेयरमा यसअघिको निर्वाचनमा मेयर पदमा पराजीत रोहित प्रसाद प्रसाई, काँग्रेस नगर सभापति हेमकर्ण पौडेल र व्यवसायी भिम बहादुर पौडेलको नाम चर्चामा छ ।


आजै दिउँसो १२ बजे उमेदवारी दर्ताका लागि जाने तयारी भएकाले त्यसअघि नै उमेदवारको टुङ्गो लगाइसक्ने गठबन्धनले जानकारी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP