आज(आइतवार) भएको स्थानीय निर्वाचनका लागि इटहरी उपमहानगरपालिकामा मेयरमा ६ जना र उप मेयरमा दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ६ जनाले इटहरीको मेयरमा उमेदवारी दर्ता गरेका इटहरी उपमहानगरपालिकाका निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिएका हुन ।
मौलिक जरोकिलो पार्टीबाट रामेश्वर थापा, मंगोल नेश्नल अर्गनाइजेसनबाट दिपेन्द्र राई, खुम्बुवान राष्ट्रिय मञ्चबाट देशमाया राई, नागरिक उन्मुक्ति पार्टीबाट अक्षयकुमार चौधरी, संघिया लोकतान्त्री मञ्चबाट भिमकुमार लिम्बु र स्वतन्त्रबाट पदम कुमार अधिकारीले इटहरीको मेयर पदका लागि उमेदवार दर्ता गराएका निर्वाचित अधिकृत रिमालले बताए ।
त्यस्तै उमेयरतर्फ दुई जनाको उमेदवारी परेको छ ।
निर्वाचन अधिकृत रिमालका अनुसार इटहरीको उपमेयर पदमा मौकिल जारोलिका पार्टीबाट सर्मिला बराल र संघिय लोकतान्त्रीक मञ्चबाट दिलिता लिम्बूले उमेदवारी दर्ता गराएकी छन् ।
यस्तै इटहरिका विभिन्न वडाका वडाध्यक्षका लागि ८ जना, महिला वडा सदस्यका लागि ७ जना, खुल्ला सदस्यका लागि ८ जना र दलित महिला सदस्यका लागि एक जनाको उमेदवारी परेको निर्वाचन अधिकृत रिमालले जानकारी दिए । – Newslaya
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP